इन्चार्ज भुजेल पक्राउ

0
Shares

काठमाडौं, (नेस)।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपाकी मेची–कोसी ब्युरो इन्चार्ज उमा भुुजेल शिलुलाई प्रहरीले पक्राउ गरेको छ। शुक्रबार र शनिबार गरी प्रतिबन्धित नेकपाकी मेची–कोसी ब्युरो इन्चार्ज उमा भुजेल र मोरङ इन्चार्ज नरेश चौलागाइँसहित चार जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनीहरूमध्ये दुई जनालाई सुनसरीको चकरघट्टीबाट शनिबार बिहान र २ जनालाई मोरङको सोमबारेबाट शुक्रबार पक्राउ गरिएको हो। नेकपा विप्लवकी पोलिटव्युरो सदस्यसमेत रहेकी नेतृ भुजेलसँगै पक्राउ पर्नेमा मेची–कोसी ब्युरो कार्यालय सचिव सुमन सिंहलगायत छन्।

केही दिनअघि मात्रै प्रहरीले उदयपुरबाट सगरमाथा ब्युरो इन्चार्ज देवान राई दीपेश र उदयपुर सेक्रेटरी सुरेन्द्र थापालाई पक्राउ गरेको थियो। पूर्व सभासद्समेत रहेकी भुजेल ऐतिहासिक गोरखा जेल ब्रेकर हुन्।