बेलायतलाई अमेरिकाको आग्रह

0
Shares

वासिङटन (एजेन्सी)।

अमेरिकाले बेलायतलाई उसको ५जी टेलिकम्युनिकेसन नेटवर्कमा चीनको हुवावेलाई प्रवेश नदिन आग्रह गरेको छ । हुवावेको प्रवेसले राज्य गोपनियता ठोकमा चोरी हुन सक्ने अमेरिकाले दावी गरेको छ ।
अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओब्राएनले भने, उक्त टेलिकम कम्पनीको उपस्थिति भनेको बेलायती आन्तरिक तथा विदेशी गुप्तचर एजेन्सी एमआई ५ र एमआई ६ का लागि प्रत्यक्ष खतरा हुनेछ ।

त्यसले ठोकमा राज्य गोपनियता चोरी हुनेछ, त्यो या त बेलायतको परमाणु गोपनियता वा एमआई५ वा एमआई ६ का गोपनियता हुन सक्छ – ओब्राएनले फाइनान्सिल टाइम्सलाई बताए ।गत मेमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षालाई खतरा पुग्ने कम्पनीहरुबाट उत्पादित टेलिकम्युनिकेसन उपकरण प्रयोग गर्न अमेरिकी कम्पनीहरुमाथि रोक लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । उनको प्रशासनले त्यही महिना अमेरिकाले राष्ट्रिय सुरक्षाप्रतिको चासोलाई अगाडी सार्दै हुवावेलाई ब्यापारिक कालोसुचीमा राखेका थिए ।

त्यहीबेला देखि वासिङटनले उक्त कम्पनीको उपकरण मार्फत बेइजिङले जासुसी गर्न सक्ने दावी गर्दै अन्य मुलुकलाई पनि आफनै निति पछ्याउन आग्रह गर्दै आइरहेको छ । तर चीनले त्यसलाई लगातार अस्विकार गर्दै आइरहेको छ ।

हुवावेको ५ जी उपकरणले चीनलाई जासुसी गर्न मार्ग प्रसस्त गर्न सक्छ भन्ने दावीमा अमेरिका, बेलायत, क्यानाडा, अष्ट्रेलिया र न्युजिल्यान्ड सदस्य रहेको कथित फाइव आईज जासुसी सन्जालमा मतभेद रहेको छ ।
हुवावेका ५जी उत्पादनलाई कम संवेदनशिल क्षेत्रमा प्रयोग गर्न सक्ने संकेत दिँदै बेलायतले समुहका अन्य देशका तुलनामा केही लचकदार निति लिएको थियो ।हुवावेले ओब्रायनको टिप्पणीलाई लिएर तत्काल प्रतिक्रिया दिएको छेन । अमेरिका र चीनबीच नयाँबर्षको सुरुआतमा ब्यापार सम्झोतामा हस्ताक्षर हुने घोषणा पछि ब्रायनको उक्त टिप्पणी आएको हो ।