मलाला दशकके सबैभन्दा प्रसिद्ध किसोरी

0
Shares

न्युयोर्क (एजेन्सी)।

संयुक्त राट्र् संघ दशकको समिक्षा प्रतिवेदन जारी गरेको छ । प्रतिवेदनमा नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजाईलाई विश्वको सबै भन्दा प्रसिद्ध किसोरी घोषणा गरिएको छ । मलाला महिला शिक्षाका लागि काम गर्दै आइरहेकी छिन् ।

राष्ट्र् संघको डिकेड इन रिभ्युमा एक दशकका प्रमुख घटना, हस्तीहरु र सबैभन्दा चर्चित सम्झौतालाई समावेश गरिएको छ । प्रतिवेदनमा हाइटीमा सन् २०१० मा आएको महाविनासकारी भुकम्प, सन् २०११ मा सिरियामा शुरु भएको संघर्ष, पेरिस जलवायु परिवर्तन सम्झौता र राष्ट्र्रसंघको २०३० एजेन्डा जस्ता ठुला घटनाहरुलाई समावेस गरिएको छ ।

राष्ट्र् संघको समिक्षा प्रतिवेदनमा मलालाका विषयमा लेखिएको छ ( उनीमाथि आतंकवादीहरुले हमला गरे । यसको असर विश्वभरी परेको थियो र ब्यापक रुपमा यसको निन्दा भयो । हरेक केटीले स्कुल जाने अधिकार दिलाउन र केटीहरुको आधुनिक शिक्षालाई प्राथमिकता दिनका लागि गरिएको कार्यको उच्च मुल्यांकन गर्दै मानव अधिकार दिवसमा युनेस्कोको पेरिस स्थित मुख्यालयमा मलालालाई विशेष सम्मान दिइएको थियो ।

प्रतिवेदनमा २१ सताब्दीको किशोरावस्था करिब समाप्त हुन लागेको प्रतिवेदनमा उल्लेख गरिएको छ । विश्व सन् २०२० मा प्रवेश गर्न करिब तयार छ । राष्ट्र्संघले सन् २०१० देखि २०१९ बीच विश्वभरीका केही महत्वपुर्ण समाचारलाई ध्यान दिइएको छ ।

राष्ट्र् संघले अफगानिस्तानमा इस्लामिक कट्रपन्थ विरुद्धको लडाईमा विगत एक दशकमा १ लाख भन्दा धेरै अफगानी नागरिकले ज्यान गुमाएको वा घाइते भएको उल्लेख गरिएको छ । राष्ट्र्र संघले विगत १८ बर्षदेखि चलिरहेका उक्त रक्तपात पुर्ण संघर्ष अन्त्य गर्न अपिल पनि गरेको छ ।