बन्दुक हिंसामा करिब ३९ हजारले ज्यान गुमाए

0
Shares

वासिङटन (एजेन्सी) ।

अमेरिकामा सन् २०१९ मा बन्दुकबाट भएको हिंसामा ३८ हजार भन्दा धरैको ज्यान गएको एक गैर सरकारी संगठनले जानकारी दिएको छ । गन भ्वायलेन्स अर्काइव (जीभीए) संगठनले देशभरीमा बन्दुकबाट हुने हिंसाका घटनाहरुको गणना गर्छ । उक्त संगठनका अनुसार यो बर्ष ३८ हजार ७ सय ३० को मृत्यु भयो ।

१४ हजार ९ सय ७० मामिलामा षडयन्त्र पुर्वक हत्या तथा दुर्घटनावश गोली चल्दा शिकार भएकाहरु परेको प्रतिवेदनमा उल्लेख गरिएको छ । जीबीएका अनुसार सन् २०१९ मा २३ हजार ७ सय ६० मामिला आत्महत्या छन् । बन्दुकको हिंसामा ११ बर्ष भन्दा कम उमेरका कुल २ सय ७ बच्चाले आफनो ज्यान गुमाए भने द्ध सय ७ बच्चा घाइते भएका छन् ।

गतबर्ष १२ देखि १७ बर्षका ७ सय ६२ बच्चाले आफनो ज्यान गुमाए भने २ हजार २ सय ५३ बच्चा घाइते भए । सन् २०१९ मा ४ सय ९ पटक सामुहिक गोलाबारी र ३० सामुहिक हत्याका घटना भए । चार वा त्यो भन्दा धेरै घाइते वा मारिएका घटनालाई यस प्रकारको घटनाका रुपमा जीवीएले परिभाषित गरेको छ ।