गुगलका गुमनाम संस्थापक हसन विरुद्ध मुद्दा

0
Shares

सान फ्रान्सिस्को (एजेन्सी) ।

चर्चित गुगलका तेस्रो सह–संस्थापकका रुपमा चिनिने स्कट हसन विरुद्ध पत्नीले सम्पती विवादमा मुद्दा हालेपछि एक पटक पुन चर्चामा आएका छन् । गुगलका दुई संस्थापक ल्यारी पेज र सर्गेई ब्रायन बाहेक यो कम्पनी शूरु गर्नुमा उनको पनि हात थियो । तर गुमनाम रहेका स्कट हसनलाई अहिले सम्म करिब विर्सिसकेको थियो ।

अहिले समाचारमा छाएका हसनको अवस्था ठिक छैन । हसनकी पत्नीले उनलाई अदालतमा तानेकी छन् । हसनमाथि दुबै बीच भइरहेको सम्बन्ध विच्छेडको कारवाहीबीच आफनो रोबोटिक स्टार्टअप जानीजानी भारी छुटमा वस्तुहरु विक्री हुने ‘फायर सेल‘मा बेचेको आरोप लागेको छ ।

डेलावेयरमा दायर गरिएको एक उजुरीमा उलिसन हुआनले एक प्रविधि उद्योग कम्पनीका सीईओ रहेका आफना पतिले कम्पनीको मुल सम्पती अत्यन्तै कम मुल्य ४ लाख डलरमा डेनमार्क स्थित कम्पनी ब्लु ओसनलाई बेचेको आरोप लगाएकी छन् । कम्पनीको वास्तविक पोर्टफोलियो, कुल सम्पती र यसको लाइसेन्सिङ क्षमतालाई ध्यानमा राख्दै यसलाई थप अधिक मुल्यमा बेचिनु पर्ने उजुरीमा उल्लेख गरिएको छ ।

पति र पत्नीबीच अहिले उक्त मुद्दालाई लिएर बहस चलिरहेको छ । उनीहरुबीच सन् २००१ मा विवाह भएको थियो । सन् २०१५ मा उनीहरुबीच सम्बन्ध विच्छेदको कारवाही शूरु भयो जुन अहिले सम्म टुंगिन नसकेको फोब्र्सले जनाएको छ । उक्त कम्पनीमा एलिसनले पनि पैसा लगाएको र कम्पनीका एक हिस्सेदारका रुपमा उनले हसन विरुद्ध मुद्दा हालेको समाचारमा जनाइएको छ ।

ल्यारी पेज र सर्गेइ ब्रायनले हसनलाई स्ट्यानफोर्ड युनिभर्सिटीमा पढ्ने क्रममा भेटेका थिए । ओरिजिनल सर्च इन्जिनको प्रोग्रामिंगमा हसनको पनि महत्वपुर्ण भुमिका थियो । यसलाई कम्पनीका रुपमा पहिचान बनाउनु अगाडी नै हसन अलग भएका थिए ।