रुसद्वारा हाइपरसोनिक क्षेप्यास्त्र प्रणाली सेनामा समावेश ध्वनीको बेग भन्दा २० गुणा तिब्र

0
Shares

मस्को (एजेन्सी)।

रुसी सेनाले ध्वनीको गतिभन्दा २० गुणा तिब्र एवनगाड हाइपरसोनिक मिसाइल सिस्टमको पहिलो खेप सेवामा समावेश गरेको छ । ‘ग्लाइड सिस्टम‘ रहेको उक्त क्षेप्यास्त्र आफनो मार्ग खोज्न सक्षम छ । साथै यसलाई अन्य कुने अस्त्रले निसाना बनाउन पनि प्राय असम्भव ने हुने रुसी रक्षा मन्त्रालयले जानकारी दिएको छ ।

क्षेप्यास्त्र कहाँ तैनाथ गरिएको छ भन्ने विषयमा मन्त्रालयले खुलाएको छैन । रक्षा मन्त्रालयका अधिकारीले यसअघि ती क्षेप्यास्त्र युरालको पहाडहरुमा तैनाथ गरिने जानकारी दिएका थिए ।रक्षा मन्त्री सर्गेइ सोइगुले यसको पुष्टी गर्दे भने– मस्कोले डिसेम्बर २७ विहान एवनगाड हाइपरसोनिक ग्लाइड भेइकललाई सेनामा समावेश गरेको छ । यो एक अभुतपुर्व सफलता हो ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले परमाणु हतियारबाट लेस यो क्षेप्यास्त्र ध्वनीको गति भन्दा २० गुण तिब्र बेगमा उड्न सक्ने बताए । यसको तैनाथले रुसको शक्ति आफना प्रतिद्वन्द्विको तुलनामा अत्यधिक हुने पनि उनले बताए ।

एवनगाड क्षेप्यास्त्र प्रणाली बर्तमान र भविष्यमा आउने कुनै पनि क्षेप्यास्त्र रक्षा प्रणालीलाई परास्त गर्न सक्ने मंगलबार पुटिनले दावी गरेका थिए । ‘अहिलेसम्म कुनै पनि देशसँग हाइपरसोनिक हतियार छैन , अन्तरमहाद्विपिय हाइपरसोनिक हतियारको कुरा त छोड्नुस ‘, पुटिन भने ।

पश्चिमी देश र विश्वका अन्य देशले रुससँग प्रतिस्पर्धा गर्ने प्रयास गरिरहेको उनले बताए ।रक्षा मामिलामा विज्ञ जोनाथन मार्कसले एवनगाड हाइपरसोनिक क्षेप्यास्त्र प्रणाली सेनामा समावेश गरिने विषयमा मस्कोको भनाईलाई जाँच्न कठिन भएको बताए । यो फिल्ड टेस्टिंगमा एक कदम अगाडी बढ्नु पनि हुन सक्छ ।

तर राष्ट्रपति पुटिनले यो क्षेप्यास्त्रका बारेमा दावी गर्नु एक प्रकारले सही हो । रुस हाइपरसोनिक क्षेप्यास्त्रका ममिलामा विश्वमा अगाडी बढ्न चाहन्छ ।पुटिनले गत बर्ष उनको देशले त्यसतो क्षेप्यास्त्र बनाइरहेको छ, जसलाई युरोप र एसियामा तैनाथ अमेरिकी रक्षा प्रणालीले रोक्ने क्षमता राख्दैन, भनेका थिए ।

यस प्रकारको हतियार चीनले पनि विकास गरिरहेको छ । यस प्रकारको हतियारको होडमा अमेरिका हाललाई पछाडी परेको अनुमान गरिएको छ ।