युवा लोकतान्त्रिक शिविर सम्पन्न

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।

युवाको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले युथ एड्भोकेसी नेपालले एफएचआई तीन सय ६०, एक्सन एड नेपाल तथा साड्डे नेपालसँगको सहकार्यमा काठमाडौंमा युवा लोकतान्त्रिक शिविरको आयोजना ग¥यो ।
शिविरमा युवाहरुलाई प्रशिक्षण गर्दै प्राध्यापक लोकराज बरालले नेपालमा लोकतन्त्रको ठाउँ चुनावीतन्त्रले लिएको धारणा राख्नुभयो ।

उहाँले यस समस्याको सामाधानका लागि युवाहरुको सचेत हस्तक्षेप आवश्यक रहेको सुझाव पनि दिनुभयो । ‘लोकतन्त्र आवधिक निर्वाचन मात्र होइन, यो जीवन पद्धति र संस्कृति पनि हो, लोकतान्त्रिक व्यवस्थाको विकल्प असल लोकतान्त्रिक व्यवस्था मात्र हो’ प्राध्यापक बरालले भन्नुभयो ।

यसैगरी राजनीतिक विश्लेषक उज्जवल प्रसाईले लोकतन्त्रको सुदृढीकरणको लागि प्रत्येक परिवारको लोकतान्त्रीकरण आवश्यक रहेको विचार व्यक्त गर्नुभयो । ‘पदसोपान र असमान शक्ति वितरण भएको विद्यमान परिवारको संरचनाले लोकतन्त्रलाई मजबुत बनाउन सक्दैन’ प्रसाईको धारणा थियो ।

विश्वविद्यालय र सञ्चार क्षेत्रमा लोकतान्त्रिक विचारको स्थान निरन्तर खुम्चदै गएको, विश्व विद्यालयहरुको राजनीतिकरण गर्नुपर्ने ठाउँमा दलीयकरण भएको उहाँको टिप्पणी थियो ।

तीन दिनसम्म सञ्चालन भएको शिविरमा राजनीतिक विश्लेषक युग पाठक, डा. इन्द्र अधिकारी, नरेन खतिवडा, प्रेमराज ओझा, टंक अर्याल, विशाल रानामगर, गणेश धामी, तीर्थराज कोइराला लगायतका व्यक्तिहरुले लोकतन्त्रको अवधारणा, नागरिक स्थान, प्राकृतिक प्रकोप न्यूनीकरण तथा मानवीय सहयोग, पैरवीका रणनीतिजस्ता महत्पूर्ण सबालहरुमा विभिन्न क्षेत्रका २८ युवालाई प्रशिक्षण दिनुभएको थियो ।