पत्रकारिता पुरस्कार प्रदान

0
Shares

काठमाडौं, (नेस) ।

प्रेस संगठन नेपालले पत्रकारितामा योगदान पुर्याएका सञ्चारकर्मीलाई विभिन्न पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरेको छ । शनिबार बालुवाटारमा एक कार्यक्रमको आयोजना गरी ती पुरस्कारहरु वितरण गरिएको हो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संगठनको राष्ट्रिय भेला तथा शपथग्रहण कार्यक्रममा शनिबार आयोजित कार्यक्रमा संगठनद्वारा स्थापित विभिन्न पुरस्कार प्रदान गर्नुभयो ।

नेपाल समाचारपत्रकर्मी दीपक रिजाललगायत ११ जना पुरस्कृत हुनुभएको छ । उहाँले ‘हृदयचन्द्रसिंह पत्रकारिता’ पुरस्कार सञ्चारकर्मी निर्मला शर्मा र ‘अग्निशिखा पत्रकारिता’ पुरस्कार रेडियो नेपालका प्रमुख संवाददाता प्रमोद दाहाललाई प्रमाणपत्रसहित प्रदान गर्नुभयो ।

उक्त दुवै पुरस्कारको राशि ११ हजार १ सय ११ रुपियाँ रहेको छ । यसै गरी ‘वीरेन्द्र साह क्रियाशील’ पत्रकारिता पुरस्कारबाट झापाका राजु अधिकारी, बझाङका वसन्तप्रताप सिंह र सुनसरीकी समुद्रा प्याकुरेललाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशि जनही ५ हजार रहेको छ ।

यसै गरी ५ हजार राशिको ‘डेकेन्द्र थापा पत्रकारिता पुरस्कार’ गोरखाका सुशील अर्याल, धादिङका दीपक रिजाल र सल्यानकी मीना बुढाथोकीलाई प्रदान गरिएको छ । यसै गरी ५ हजार राशि रहेको ‘पद्मलक्ष्मी–सावित्री बस्नेत पत्रकारिता पुरस्कार’ खोटाङका दमन राई, रामेछापका युनिकबिफा घिसिङ र बागलुङकी रविना बोहरालाई प्रदान गरिएको छ । संगठनका सहसंयोजक गणेश बस्नेतले दुई वर्ष अगाडि घोषणा गरिएको पुरस्कार दुई संगठन एक भएपछि प्रदान गरिएको बताउनुभयो ।