सैनिकलाई ब्रिजवाटर कप

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
सैनिक आवसीय महाविद्यालयले प्रथम ब्रिजवाटर कप उपत्यकाव्यापी अन्तरकलेज छात्र फुटबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ । ब्रिजवाटर इन्टरनेसनल कलेजको आयोजनामा सानो थिमीस्थित मध्यपुर युथ एसोसिएसनको मैदानमा भएको फाइनलमा सैनिकले साइपाल एकेडेमीलाई ३–० गोलले पराजित गर्यो । उपाधिसंगै सैनिकले १ लाख र साइपालले ५० हजार नगद प्राप्त गरे ।