जिम्न्याष्टिकमा प्रधान अध्यक्ष

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।
नेपाल जिम्न्याष्टिक संघको शनिबार सम्पन्न चुनावी साधारण सभाले ध्रुवबहादुर प्रधानलाई निर्विरोध अध्यक्षमा चयन गरेको छ । गत वर्ष माघ ९ गते अस्तित्वमा रहेका दुई जिम्न्याष्टिक संघ एकीकरण भएपछि चुनाव भएको हो । त्यसबेला प्रधानकै अध्यक्षतामा जिम्न्याष्टिक संघ एकीकरण गरी पुनर्गठन गरिएको थियो ।

एकीकरणअघि नेपाल ओलम्पिक कमिटीका पूर्व अध्यक्ष प्रधान नेतृत्वको संघलाई अन्तर्राष्ट्रिय तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य–सचिव किशोरबहादुर सिंह नेतृत्वको संघलाई राष्ट्रिय मान्यता थियो ।प्रधानको अध्यक्षतामा साधारण सभाले २९ सदस्यीय केन्द्रीय कार्यसमिति पनि निर्विरोध चयन गर्यो ।

एकीकरणपछि सह–अध्यक्ष भएका किशोरबहादुर सिंह त्यही पदमा यथावत् रहे । सात उपाध्यक्षमा दीपककृष्ण प्रजापति, राजेश खड्का, बाबुराम थापा, गीता क्षेत्री, अरुणकुमार राठी, सुशिलप्रकाश प्रधान र मोहनराज भट्ट रहेका छन् । मुकुन्दराज शर्मालाई पुनः महासचिवकै जिम्मेवारी दिइयो भने प्रमिला सिंह श्रेष्ठ र वचन देउजाले सचिव, सुनिलमान सिंले कोषाध्यक्ष तथा डा. कुस्मिला आचार्यले सह–कोषाध्यक्षको जिम्मेवारी पाए ।

रामप्रसाद बस्याल, पर्मेश्वर जोशी, हरि पाण्डे, सूर्यबहादुर अधिकारी, प्रवीण उप्रेती, योगेन्द्र गुरुङ, शंकरप्रसाद पौडेल, डा. सानु कुमार, पूर्णमान वज्राचार्य, खगेन्द्रप्रसाद अधिकारी, विष्णुनारायण ग्वाछा, सन्देश मानन्धर, राजेशमान श्रेष्ठ, अनिलचन्द्र वज्राचार्य र शैलैन्द्र श्रेष्ठ सदस्यमा चयन भए ।