विनायक च्याम्पियन

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
विनायकले पाँचौं नेफ–साइपाल अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको उपाधि जितेको छ । उत्तरभेगीय शैक्षिक मञ्च (नेफ) र साइपाल एकेडेमीद्वारा संयुक्त आयोजित प्रतियोगिताको फाइनलमा विनायकले हिमरश्मीलाई १–० गोलले पराजित गर्यो । प्रणव कोइरालाले निर्णायक गोल गरे ।

चावहिलको गणेशथानमा तेश्रो स्थानका लागि भएको खेलमा कौस्तुभले पशुपतिलाई ३–० गोलले हरायो । यसै प्रतियोगिताका २० उत्कृष्ट खेलाडीलाई साइपाल एकेडेमीले प्लस टु अध्ययनका लागि ६० हजार बराबरको छात्रवृत्ति पनि प्रदान गरेको छ । त्यस्तै नर्वेमा जुलाईमा हुने गोथिया कप मैत्रीपूर्ण फुटबलका लागि पनि यसै प्रतियोगिताबाट २० खेलाडी छनोट गरिएको छ ।