सानेपाको एक कबाड कारखानामा आगलागी


माधब अधिकारी, ललितपुर ।

ललितपुरको सानेपा चोकमा रहेको एक कबाड कारखानामा शनिबार साँझ करिब ८ बजेको समयमा कारखानामा आगलागी भएको छ।

आगलागी भएपछि त्यहाँको बिजुली काटिएको छ भने कबाड कारखानामा लागेको आगो फैलने आशंकामा स्थानीयबासी त्रसित देखिएको थिए । आगो निभाउन दमकल बोलाइए पनि गल्ली साँगुरो भएकाले भित्र छिर्न गाह्रो हुँदा आगो निभाउन अप्ठारो भएको थियो।

आठ बजेदेखि लागेको आगो ९ बजे नियन्त्रणमा आएको प्रहरी नायव निरीक्षक पुरन बर्देवाले जानकारी दिनुभयो । कारखानामा जलेर पूर्ण रुपमा नष्ट भएको छ भने मानविय क्षति भएको छैन ।

दमकल, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसँगै स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिएको थियो।

क्षतिको विवरण संकलन भईरहेको प्रहरी नायव निरीक्षक बर्देवाले जानकारी दिनुभयो । विजुली सर्ट भएर आगालागी भएको हुनसक्ने प्रहरीको अनुमान छ ।