मुल्य पाइएन भन्दै उत्पादनलाई पोख्नु, फोड्नु गलतः मुख्यमन्त्री पोखरेल


न्युज अफ नेपाल, बुटवल ।

प्रदेश ५ का मुख्य मन्त्री शंकर पोखरेलले दुग्धजन्य बस्तुको विविधिकरण तथा बान्ड बनाउन पर्नेमा जोड दिनु भयो ।
उहाँले कुनै पनि बस्तु प्रति उपभोक्ताहरुको विश्वास बढ्नुपर्ने भन्दै उपभोक्ताहरुको मन जित्नको लागि पनि डेरी व्यवसायीहरुलाई ब्रान्डीङ्गमा जान सुझाव दिनु भयो ।
मुख्य मन्त्री पोखरेलले कुनै पनि व्यवसाय सफल हुनको लागि सामुहिक एकता आवश्यक रहेको भन्दै डेरी एशोसीयसनसंग आवद्ध भएका व्यवसायीहरुले अझै बढि वस्तुको गुणस्तरमा विशेष ख्याल गर्न आग्रह गर्नु भयो ।
नेपाल डेरी एशोसीयसनको २१ औं केन्द्रीय साधारण सभाको शनिवार बुटवलमा उदघाटन गदै उहाँले कुनै पनि वस्तु उत्पादन पश्चात यसको उपभोक्तासम्म लैजानको लागि विश्वास जित्न र उपभोक्ताको स्वाथ्यमा समेत ख्याल गर्न आग्रह गर्नु भयो ।
आफुले उत्पादन गरेको कृषि जन्य उत्पादनहरुलाई माया गर्नुपर्ने भन्दै मुख्यमन्त्री पोखरेलले विरोधको रुपमा कुनै पनि उत्पादक किसान वा व्यवसायीहरुले कृषि जन्य उत्पादनलाई नै पोखेर, फोडेर वा अन्य कुनै पनि कारणले विरोध गर्ने परिपाटी गलत भएको बताउनु भयो ।
दुधको मुल्य पाएनौ भनेर दुध पोख्नु गलत रहेको भन्दै उहाँले विद्यालयमा गएर निशुल्क रुपमा वालबालिकाहरुलाई वितरण गरेर पनि विरोध गर्न सकिने र यसमा सरकारको ध्यानाकर्षण हुने बताउनु भयो ।
उत्पादनलाई व्यवसायीकतामा जोड्नपर्ने भन्दै मुख्य मन्त्री पोखरेलले घरको लागि दुध उपभोग गर्न पशु पाल्नु भन्दा पनि वाहिरबाट किनेर ल्याउदा महंगो हुने विषयमा उपभोक्तलाई बुझाउन जरुरी रहेको बताउनु भयो ।
उत्पादन लागतलाई कम गरी मुनाफा बढि गर्नको लागि सामुहिक लगानी आवश्यक भएको भन्दै किसानहरुलाई नै सहभागी गराएर उत्पादनमा साझेदारी गर्न आवश्यक रहेको उहाँको बथन थियो ।
डेरीव्यवसायीहरुले आफुले दुधसंकलन गर्ने काम मात्रै गर्नुभन्दा पनि किसानहरुलाई पनि सहभागी गराएर दाना उत्पादनदेखि लिएर दुध उत्पादन, बजारीकरण र उत्पादकत्वमा समेत वृद्धि गर्न सकिने बताएका छन ।
कार्यक्रममा प्रतिनिधीसभा सदस्य मोहन वानियाले स्वदेशी व्यवसायीहरु लगानीको लागि तयार हुँदा हुदै पनि विदेशबाट लगानी भित्र्याउनु आफैमा गलत भएको धारणा राख्नु भएको थियो ।
उहाँले यसको लागि सरकार निकायबाट पहिला कुन कुन क्षेत्रमा यहाँका व्यवसायीहरु लगानी गर्न आत्मनिभएर छन् भन्ने विषयमा निरर्कोल गरी बल्ल मात्रै लगानी भित्र्यानुपर्नेमा जोड दिनु भयो ।
यस्तै राष्ट्रिय सभा सदस्य लाल कुमार केसीले पनि किसानहरुको हक हितको लागि सरकार गम्भीर बन्नुपर्ने बताउनु भयो ।
दुग्ध विकास संस्थानका महाप्रबन्धक बैकुण्ठ अधिकारीले धान पछि नेपालको सबैभन्दा बढि कृषि क्षेत्रमा दुधको योगदान बढी रहेको जानकारी गराउनु भयो । यस्तै कार्यक्रममा प्रदेश ५ का भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव तेज बहादुर सुवेदीले किसान, दुग्ध व्यवसायी र अन्य आम उपभोक्ताहरुको हितको लागि सरकार जहिले पनि तयार रहेको बताउनु भएको थियो ।
कार्यक्रममा नेपाल डेरी एशोसीयसनको बारेमा पुर्व अध्यक्ष सुमित केडीया, एशोसीयसनका भावि योजना र वर्तमान अवस्थाको विषयमा अध्यक्ष राधाकृष्ण सापकोटाले प्रष्ट पार्नु भएको थियो ।