सेना र पुलिसद्धारा सडक खाना महोत्सव स्थलको सरसफाई


न्युज अफ नेपाल, बुटवल ।
सोमवारदेखि बुटवलमा संचालन हुने दोस्रो सडक खाना महोत्सव आयोजना हुने स्थलको सरसफाई गरिएको छ ।
होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको आयोजनामा हुने खाना महोत्सव स्थल बुटवल उपमहामनगरपालिका वडा न ९ कालिकापथको तिनकुनेदेखि शिवालयचोक सम्मको सडकमा नेपाली सेनाको गरुडदल गण, शसस्त्र प्रहरीको औद्योगिक सुरक्षा वल, वडाका सामाजिक टोल विकास संस्थाहरु, जनप्रतिनिधी, राजनैतिक दलका प्रतिनिधीहरु, गोर्खाली युवा सशक्तिकरण अभियान, तिनाउ बुटवल सरसफाई अभियान, सिडिसी लगायतका संघसंस्थाशरुकोे सहभागितामा सरसफाई गरिएका हो ।
खाना महोत्सवलाई गुणस्तरिय, सरसफाईयुक्त र सफाचट बनाउने गरि सडकलाई सफा पारिएका संघका अध्यक्ष समुन्द्र जिसीले बताउनु भयो ।