जनताका पक्षमा मिडियाले काम गर्न सकेनः प्रचण्ड


न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिडिया बुर्जुवाको हातमा रहेको बताएका छन्।

प्रचण्डले भने मिडिया बुर्जुवाको हातमा रहेकाले यसप्रति सजग हुन आग्रह गरे । उनले भने– ‘ बुर्जुवाको हातमा रहेको मिडियाबाट सचेत हुँदै राष्ट्रिय एकता र समृद्धिको लागि जनमत तयार गर्ने काम गर्न गर्न सञ्चारकर्मीहरुको हो।

शनिबार बालुवाटारमा आयोजित नेकपा निकट पत्रकारको संस्था प्रेस संगठन नेपालको राष्ट्रिय भेला तथा शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन्। उनले जनताका पक्षधर मिडियाको भूमिका आवश्यक भएकोसमेत बताए।

परिवर्तनलाई उल्ट्याउन प्रयास भइरहेको आरोप लगाउँदै प्रचण्डले त्यो कुनै हालतमा सफल हुन नसक्ने बताए।

तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकताका क्रममा गरिएको प्रतिवद्धताअनुसार नै नेकपा र सरकारले काम गरिरहेको अध्यक्ष प्रचण्डको भनाइ छ।