हिमरश्मी फाइनलमा

0
Shares

काठमाडौं, (नेस)।
हिमरश्मी र विनायक पाँचौं नेफ–साइपाल अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा बिहीबार फाइनलमा प्रवेश गरेका छन्। हिमरश्मीले पशुपतिलाई १–० गोलले पराजित गर्यो।

हिमरश्मीका विजय लामाले निर्णायक गोल गरे। विनायकले कौस्तुभलाई २–० गोलले हरायो। दुवै गोल प्रणव कोइरालाले गरे। फाइनल शुक्रबार हुने छ।