सीसीआरसी सेमिफाइनलमा

0
Shares

काठमाडौं, (नेस)।

सीसीआरसी चौथो रोजबड प्लस टु छात्र बास्केटबल प्रतियोगितामा बिहीबार सेमिफाइनलमा प्रवेश गरेको छ। रोजबड स्कुलको आयोजनामा भइरहेको प्रतियोगितामा सीसीआरसीले समृद्धिलाई ६३–४३ ले पराजित गर्यो।

सीसीआरसीका रोशन श्रेष्ठले १४ अंक जोडे। ह्वाइटहाउस र टाइम्स पनि सेमिफाइनलमा पुगे। ह्वाइटहाउसले ट्रिनिटीलाई ५५–५१ ले हरायो।

विजेताका सुरज बस्नेतले १५ अंक जोडे। टाइम्सले आयोजक रोजबडमाथि ६२–५५ को जित दर्ता गर्यो। टाइम्सका पेम्बा शेर्पाले २३ स्कोर गरे।