नेप्सेले २० करोड बराबरको नगद लाभांश बाँड्ने



काठमाडौं, (नेस)।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले आफ्नो लगानीकर्तालाई २० करोड रुपियाँ बराबरको नगद लाभांश वितरण गर्ने भएको छ।

नेप्सेको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले कुल चुक्ता पूँजी ५० करोड बराबर रहेकोमा त्यसको ४० प्रतिशत बराबर नगद लाभांश लगानीकर्तालाई बाँड्ने प्रस्ताव वार्षिक साधारण सभामा लैजाने निर्णय सञ्चालक समितिले गरेको हो।

नेप्सेको ३८ औं वार्षिक साधारण सभा पुस २९ गते मंगलबार बस्ने तय भएको छ। नेप्सेको सहायक कम्पनी सिडिएस एण्ड क्लियरिङ लिमिटेडको वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरण पनि वार्षिक साधारण सभामार्फत स्वीकृत गरिने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्