‘जेसिजको मुलमन्त्रले सफल व्यबसायी’


नेपाल समाचारपत्र, हेटौंडा।

नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्य अरूणराज सुमार्गीले जेसिजले सिकाएको मुलमन्त्र समातेर आफू व्याबसायिक क्षेत्रमा लागेको बताउनुभएको छ।

बुधबारदेखि चितवनको टाँडीमा सुरु नेपाल जेसिजको ४६ औं राष्ट्रिय महाधिवेशनको दोस्रो दिन आयोजित पेशागत विकासका लागि नेतृत्व र व्यक्तित्व विकाससँगै कसरी सफल व्यबसायी बन्न सकिन्छ भन्ने अन्तक्र्रियामा प्रशिक्षण दिँदै केन्द्रीय सदस्य सुमार्गीले नेपाल जेसिजकै मुलमन्त्रबाट आफू यो स्थानमा सबल बन्न सकेको बताउनुभएको हो।

नेपालभरबाट राष्ट्रिय महाधिवेशनका लागि चितवनमा रहेका करिब ३ सय जेसिजकर्मीलाई प्रशिक्षण गराउँदै केन्द्रीय सदस्य सुमार्गीले आर्थिक सुशासनमा अनुशासनको भूमिका महत्वपूर्ण हुनेमा जोड दिनुभयो।

जेसिजले सिकाएको ज्ञान र प्रक्रियाहरू समाजमा जता पनि बिक्ने भन्दै उहाँले आफू जेसिजकै माध्यमबाट नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा पुगेको बताउनुभयो। हालको समयमा उद्योगी, व्यबसायी र जेसिजबीच भ्रातृृत्व सम्बन्ध रहेको आंैल्याउँदै उहाँले यस्तो सम्बन्धबाट अगाडि बढ्न आफूलाई सहजता मिलेको भन्दै खुशी व्यक्त गर्नुभयो।

नेपाल जेसिजबाट पाएको प्लेटफर्मले व्याबसायिक क्षेत्रमा सपोर्ट मिलेको भन्दै उहाँले जेसिजबाट सिक्न सकिने व्याबसायिक पक्षबारे प्रष्ट पार्नुभएको थियो। जेसिजमा लागेको व्यक्ति कहिल्यै बिचलित हुनुनपर्ने भन्दै उहाँले पेशागत विकासका लागि आफूले खेल्नुपर्ने भूमिकामा कुनै कञ्जुस्याइँ नगर्ने विश्वास दिलाउनुभयो।

जेसिजबाट सफल नेतृत्व बनेका लिडरबाट हालका जेसिजहरूलाई कसरी सक्षम व्याबसायिक नेतृत्व र व्यक्तित्व विकास गर्न सकिन्छ भनेर कार्यक्रम आयोजना गरिएको कन्भेन्सन डाइरेक्टरका सल्लाहकार श्याम पौडेलले बताउनुभयो।

प्रशिक्षण कार्यक्रममा हेटांैडा जेसिज पूर्वअध्यक्ष एवम् ४६ औं कन्भेन्सन डाइरेक्टर सल्लाहकार पौडेलले जेसिजबाटै व्याबसायिक क्षेत्रमा नेतृत्व गरिरहेकाहरूबाट धेरै कुरा सिक्न सकिने र सहयोग आदानप्रदान गर्न सकिने भन्दै यस्तो प्रशिक्षण राखिएको बताउनुभयो।

उहाँले नेपाल उद्योग वाणिज्य महासंघको आगामी कार्यकालका लागि जिल्ला/नगर उद्योग वाणिज्य संघमा जेसिजबाटै केन्द्रीय सदस्य सुमार्गीलाई उपाध्यक्षमा आफूहरूले समर्थन गरेको भन्दै सबैले मत दिएर जिताउनुपर्ने औंल्याउनुभयो। उहाँले जेसिज आफूहरूको घर भएकोले घरका सदस्य उद्योग वाणिज्य महासंघको नेतृत्वमा जान लाग्दा खुलेर समर्थन अनि सहयोग गर्न आग्रह गर्नुभयो।

नेपाल जेसिज पूर्वअध्यक्ष भोलेश्वर दुलालले जेसिजबाट सम्बन्ध बिस्तार गरेर आफू लुब्रिकेन्टस क्षेत्रमा सफल व्यबसायी भएको प्रष्ट पार्नुभयो। उहाँले जेसिजकर्मीमा कुनै पनि व्यबसाय गर्दा दिनुपर्ने सल्लाहका लागि आफू तयार रहेको स्पष्ट पार्नुभयो।

नाडाका नवनिर्वाचित अध्यक्ष कृष्ण दुलालले पेशागत विकासमा जेसिजको मर्म मुलमन्त्र बनेको बताउनुभयो। जेसिजको आस्थालाई विचार गर्ने हो भने जुनसुकै ब्यापार व्यबसायमा सफल हुन सकिने उहाँले बताउनुभयो।

कार्यक्रममा नेपाल जेसिजबाट अन्तर्राष्ट्रिय इभीपी बन्न सफल सन्तोष रिजालले जेसिजबाट धेरै कुराहरू सिक्न सकिने बताउँदै आँट र क्षमता विकासमा जेसिजको ठूलो भूमिका रहने बताउनुभयो।

ललितपुर जेसिजका पूर्वअध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्य मनिषलाल श्रेष्ठले जेसिजकै नेतृत्व गरेपछि आफू उद्योग वाणिज्य संघको नेतृत्वमा पुग्न सफल भएको बताउनुभयो। उहाँले देशभर नेपाल जेसिजका सदस्य भएकोले यो परिवारभित्रका सदस्यहरूमा कुनै व्याबसायिक समस्या समाधान गर्न आफूहरू लागिपर्ने बताउनुभयो।