घुस लिएको अभियोगमा २ पक्राउ

0
Shares

काठमाडौं, (नेस)।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घरायसी सामान ओसारपसारमा सहजीकरण गरिदिने भन्दै घुस लिएको अभियोगमा सशस्त्र प्रहरी बेसक्याम्प विष्णुपुरा रुपन्देहीमा कार्यरत सशस्त्र प्रहरी सहायक हवल्दार र प्रहरी सहायक निरीक्षकलाई पक्राउ गरेको छ।

घरायसी सामान आयात गर्न सहज गरिदिने भन्दै सशस्त्र प्रहरी बलका दुई सदस्यले छ हजार घुस लिएको आरोप लागेको छ। आयोगको बुटवलबाट गएको टोलीले प्रहरी सहायक हवल्दार वीरेन्द्रप्रसाद चौधरी र सशस्त्र प्रहरी निरीक्षक तेजबहादुर जोरालाई घुससहित गैडहवा–३ सग्रहवाबाट पक्राउ गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो।

यस्तै आयोगले बुधबार महालक्ष्मी नगरपालिका ललितपुरका लेखा अधिकृत शिवकुमार घिमिरे र लेखापाल कुवेर केसीलाई ३० हजार घुस लिएको अभियोगमा पक्राउ गरेको छ।

आयोगका अनुसार उनीहरूलाई बुधबार नै पक्राउ गरिएको भए पनि आवश्यक अनुसन्धानपछि बिहीबार सार्वजनिक गरिएको प्रवक्ता कोइरालाले जानकारी दिनुभयो।