विद्युतिय सामानसहित दुई पक्राउ

0
Shares

काठमाडौ(नेस)।

महानगरीय प्रहरी वृत्त स्वयम्भुबाट खटिएको प्रहरी टोलीले भन्सार छली ल्याएका करीव ५५ लाख रूपैया बराबरका विद्युतिय समानहरू सहित २ जनालाई पक्राउ गरेको छ।

प्रहरीले टेंगालबाट गुहेश्वरी बस्ने निकेश शाक्य र लैनचौर बस्ने रेश्मा श्रेष्ठलाई नियन्त्रणमा लिएको छ। टेगाल स्थित हरिबहादुर श्रेष्ठको घर खानतलासी गर्दा २ वटा कोठाबाट प्रहरीले नगद १५ लाख ७७ हजार,एनएमवी बैकको ५ लाख ७३ हजारको चेक बरामद गरेको छ।

यसै गरी आईप्याड २३ थान, आइफोन ११ मोडलको १८ थान, लगायत बिभिन्न सामान बरामद गरेको छ।