मोटर साइकल चोरी गर्ने गिरोह पक्राउ

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा मदनकुमार मोक्तान, सन्देश गोले, सोम सुनार, गणेश लामा, रिक्जेन मोक्तान, सन्दिप गुरुङ, भरत थापा क्षेत्री, ईन्द्र बहादुर तामाङ, रक भन्ने बिक्रम भुजेल, राजु पौडेल, सबिन तामङ, आलु भन्ने समिर तामाङ रहेका छन्।

उपत्यकाका विभिन्न ठाँउहरू कीर्तिपुर, बलम्बु, सतुङगल, कालिमाटी, फर्पिङ, बाफल लगायतका ईलाकाबाट सवारी चोरी गरी उपत्यका बाहिरका जिल्लाहरू धादिङ, मकवानपुर, सिन्धुपाल्चोक, काभ्रे, नुवाकोटका जिल्लाहरूमा बिक्री वितरण गर्ने गरेको सूचनाको आधारमा मोटरसाइकल चोरी नियन्त्रणको लागि महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले मंसिर १४ गते मदन कुमार मोक्तान सहित ३ जनालाई पक्राउ गरी उनीहरूबाट बा.९४ प ११४२ नम्बरको मोटरसाइकल बरामद गरेको थियो।

उनीहरूको साथबाट बा.९४ प ३६४५, बा.७५ प १७९४, बा.६७ प ६३६१, ज.७ प १५०६, बा.८४ प १०३३, बा.९३ प ३८४३, बा.८० प ११३८ र बा.५९ प २० ५६ नम्बर लगायतका ४० वटा मोटरसाइकल प्रहरीले बरामद गरेको छ।