नेपालमा कारागारमा १२ सय बिदेशी कैदी

0
Shares

भूपराज बस्याल, काठमाडौं।

विदेशीको चाप बढ्दै गएको र भारतसँगको खुला सिमानका कारण नेपालमा विदेशी नागरिकको आपराधिक गतिविधि बढ्दै गएको पाइएको छ। नेपालका कारागारमा विदेशी नागरिक १ हजार दुई ६९ रहेको कारागार व्यवस्था विभागका महानिर्देशक वासुदेव घिमिरेले जानकारी दिनुभयो।

उहाँले भन्नुभयो– त्यसमध्य भारतसँग जोडिएका जिल्लामा धेरै विदेशी नागरिक रहेका छन। चोरी,अपहरण,कर्तब्य ज्यान मुद्दा,जबरजस्ती करणी,ज्यान मार्ने उद्योग,ठगी,महिला बेचबिखन तथा मानव तस्करी,राहदानी, लागु औषध, विदेशी मुद्रा अपचलन,हातहतियर खर–खजाना लगायतका मुद्दामा विदेशी नागरिकहरू जेलमा रहेका छन्।

कारागारमा रहेका विदेशीमा अधिकांश भारतीय नागरिक छन्। हाल ८ सयको हाराहारीमा भारतीय नागरीक रहेका छन्।सबैभन्दा धेरै पर्साको कारागारमा विदेशी नागरिक रहेका छन्। कात्तिक मसान्त सम्ममा इलाममा १०, झापामा १ सय ११,मोरङमा ५९, क्षेत्रीय कारागार भुम्का सुनसरीमा ८५,सप्तरीमा १३, सिराहाका १२, रामेछापमा १८, सिन्धुलीमा ६, महोत्तरीमा ३१, रसुवामा ८, धादिङमा ६, काठमाडौको जगन्नाथदेवलमा २ सय १४, डिल्लीबजारमा २६, ललितपुरको नख्खुमा १ सय १३, पर्सामा २ सय २५ रहेका छन।

त्यसैगरी मकवानपुरको भीमफेदीमा ६५,चितवनमा १९, रौतहटमा २२, कास्कीमा ३१, रुपन्देहीमा १६, कपिलवस्तुमा २४, नवलपरासीमा १४, पाल्पामा १५, दाङको घोराहीमा तीन र तुलसीपुरमा ११, बाँकेमा ५२, बर्दिया १४, दैलेखमा तीन, कैलालीमा ३१, डडेलधुरामा एक र कञ्चरपुरमा ११ जना विदेशी नागरिक रहेका छन्।