रसुवा अस्पतालमा एम्बुलेन्स सेवा सुचारु


सरस्वती न्यौपाने, रसुवा ।
जिल्लाको ग्रामीण भेगका बासिन्दालाई छिटो—छरितो उपचार सेवा प्रदान गर्न रसुवा अस्पताल धुन्चेले नयाँ एम्बुलेन्स सेवा सुचारु गरेको छ ।
अस्पताल विकास समितिका अध्यक्ष रामशरण कुइकेलका अनुसार ग्रामिण भेगका विरामीलाई धुन्चे ल्याउन र रसुवा अस्पतालको साधन, स्रोत र सीपले उपचार हुन नसक्ने विरामीलाई छिटो छरितो सुविधायुक्त अस्पताल पठाउन नयाँ एम्बुलेन्सले सहजता ल्याउन र व्यवस्थितले सञ्चालन गर्न आवश्यक महशुस गरि गृहकार्य अगाडी बढेको छ ।
उक्त एम्बुलेन्सले स्थानीय बासिन्दा रसुवागढी व्यापारिक नाकामा कारोबार गर्ने व्यापारी व्यवसायी, आन्तरिक एवम वाध्य पर्यटक र गोसाइकुण्डका धार्मिक यात्रु समेतलाई सेवा दिने चिकित्सकले जानकारी दिएका छन् । विगतका समयमा ल्याएका एम्बुलेन्स पासाङ ल्हामु मार्गको दुरावस्थाले बिग्रन गई मर्मतसमेत हुन नसक्दा रसुवाका विरामी काठमाण्डौ पठाउन मुस्किल परिरहेको अवस्थामा अध्यक्ष कुइकेलको सक्रियतामा र स्वास्थ्य मन्त्रालयको सहयोगबाट आएको हो ।
यस्तै रसुवा अस्पतालले पहिलो पटक भिडियो एक्सरे सेवा सञ्चालनमा ल्याएको छ । नियमित रुपमा ४०—५० जना विरामी उपचारका लागी आउने र अधिकांशले पेटसम्बन्धि समस्या भएको पाइएको चिकित्सकले बताएका छन् ।