साउदीमा विवाह गर्ने न्यूनतम उमेर १८ वर्ष


काठमाडौँ ।

साउदी अरेबियाको न्याय मन्त्रालयले विवाहको लागि न्यूनतम उमेर १८ वर्ष तय गरेको छ।

साउदीका न्यायमन्त्री र सर्वोच्च न्यायपरिषद्का अध्यक्ष शेख डा. वालिद अल सामानीले गएको सोमबार सबै अदालतलाई सर्कुलर जारी गरी १८ वर्ष भन्दा कम उमेरका व्यक्तिका लागि विवाहमा प्रतिबन्ध लगाउने कुरामा जोड दिएको हुन् ।

त्यस्ता सबै अनुरोधहरू बाल संरक्षण कानून अनुरूप र स्थापित नियमहरू विशेष अदालतमा पठाएपछि बल्ल औपचारिक रुपमा पूरा भएको मानिन्छ ।

कानुनमा लेखिएको छ “१८ वर्षभन्दा कम उमेरको व्यक्तिसँग विवाह गर्नु भनेको पुरुष वा महिलाले हानि निम्ताउनु हो।”
एजेन्सी