पूर्व सचिव श्रेष्ठको निधन


न्युज अफ नेपाल, काठमाडौँ ।
नेपाल सरकारका पूर्व सचिव शान्तबहादुर श्रेष्ठको बिहिवार उपचारकै क्रममा त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल महाराजगंजमा निधन भएको हो । श्रेष्ठले स्वास्थ्य, शिक्षा र स्थानीय विकास मन्त्रालयमा सचिवको जिम्मेवारी सम्हालि सक्नुभएको थियो ।

त्रिवि शिक्षण अस्पताल आइसियु विभाग प्रमुख डा.सुवास आचार्यका अनुसार भाइरल फ्लुका कारण मल्टिअर्गान फेलियोर भएर श्रेष्ठको निधन भएको हो । श्रेष्ठलाई सामान्य रुघाखोकी लागेको अवस्थामा एकसाता अघि भक्तपुर नागरिक अस्पतालमा उपचार गरिएको र समस्या जटिल बन्दै गएपछि मंगलबारदेखि त्रिबि शिक्षण अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा भेन्टिलेटरमा राखी उपचार भैरहेको थियो ।

उपचारमा सलग्न चिकित्सकका अनुसार श्रेष्ठको निमोनिया, सेप्सिस भएको र त्यसकै कारण मल्टी अर्गान फेलियर भएको जनाएकोछ । यो चिसोको समयमा सामान्य रुघाखोकी भनेर उपचारमा ढिलाई गर्न नहुने चिकित्सकहरुले जनाएका छन् । उहाँलाई एचवान एन वान भाइरसका कारण हुने फ्लु हो वा सिजनर फ्लु भन्ने बारे रिपोर्ट आईनसकेको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् ।