नेपाल नर्सिङ संघमा राईको प्यानल विजयी(निर्वाचन परिणाम सहित)


न्युज अफ नेपाल, काठमाडौँ ।

नेपाल नर्सिङ संघको १९ औं कार्यसमितिको निर्वाचनबाट नेकपा निकटको प्रगतिशील समूहका प्राध्यापक मनकुमारी राईको प्यानल नै विजयी भएको छ । वर्षौदेखि संघमा वर्चश्व राख्दै आएको प्रगतिशील समूहले यसपटक पनि जित हात पार्दै संयुक्त पेसागत प्यानलका प्रा. मुना राना थापा प्यानललाई नै पराजित गर्दैे बाजी मार्न सफल भएकोछ ।

प्रा.राईले ३ हजार २ सय ७६ मत ल्याउनु भई अध्यक्ष पदका लागि विजयी हुनुभएको छ भने प्रतिद्धन्द्धि प्रा. राना थापाले २ हजार ८५ मत प्रतिपक्षी बन्नुभएकोछ ।
त्यसैगरी वरिष्ठ उपाध्यक्षमा रमेश सुब्बा, उपाध्यक्षमा मीना बानियाँ, महासचिवमा नर्वदा थापा, सचिवमा प्रमिला थकाली, कोषाध्यक्षमा कल्पना श्रेष्ठ, खुला सदस्यमा विजया अधिकारी, जनजाति सदस्यमा हरिप्रसाद कोजू विजयी भएका छन् ।

त्यस्तै सदस्यमा सोनु शेर्पा, सपना विक, अञ्जुकुमारी महतो, कोहिनुर फारुकी, अम्बिका पौडेल र सीता केसी विजयी भएका छन् । देशभरमा २१ वटा मतदानकेन्द्रबाट बुधबार मतदान भएको थियो । निर्वाचनको परिणाम बिहिवार बिहान मात्र सार्वजनिक गरिएको हो ।

नेपाल नर्सिङ काउन्सिलको तथ्यांक अनुसार हाल सम्म झण्डै ९० हजार नर्सहरुले लाइसेन्स लिईसकेको देखिएता पनि संघमा आबद्धता भने ६ गुनाले कमी हुनुलाई संघको जिम्मेवारी र भूमिकालाई नेतृत्व पंक्तीले ध्यान दिन नसकेको र प्रवेश शुल्क धेर भएको बिषयमा चर्चा चलिरहेको छ ।

यसपटकको निर्वाचनका लागि कुल १५ हजार १ सय ५९ मतदाता रहेको संघले जनाएको छ । यो पनि अन्तिम अवस्थामा आएर मात्र सदस्याता नविकरण र नयाँ दर्ता गरिएकाले मतदाता बढेको चुनवा अघि संघको निर्वाचनका लागि आयोजित चुनावी सभाभा जानकारी गराईएको हो । हरेक ३ वर्षमा हुनुपर्ने संघको निर्वाचन ५ वर्षपछि मात्र भएको हो ।