चिसोबाट बच्न ६ सय १३ ठाउँमा आगो बालियो


न्युज अफ नेपाल, हेटौंडा ।

प्रहरीले विभिन्न ठाउँमा चिसोबाट बचाउन आगो बाल्ने तथा शीतलहर सम्बन्धि सचेतनामूलक कार्यक्रम गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बारा तथा मातहत प्रहरी कार्यालयद्वारा समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत् बाराका उपमहानगरपालिका, नगरपालिका तथा गाउँपालिकाका विभिन्न स्थानका आगो बालेको हो ।

चोकहरुमा शुक्रबारदेखि हालसम्म ६ सय १३ ठाउँमा आगो बाल्ने तथा शीतलहरबाट बच्ने उपाय सम्बन्धि सचेतनामूलक कार्यक्रम गरिएको हो । यसका लागि प्रहरीले स्थानीय तहहरुसँग समन्वय गरेको छ ।