पेस्तोलसहित दुई पक्राउ

0
Shares

काठमाडौं, (नेस)।

काठमाडौं महा–नगरपालिका बालुवाखानीबाट १ थान पेस्तोलसहित काठमाडौं चुनिखेल बस्ने रामेछाप मन्थली नगरपालिका–१३ घर भएका रोशन बर्देवालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ।

उक्त स्थानमा हातहतियारसहित हिँडिरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले उनलाई उक्त पेस्तोलसहित फेला पारी पक्राउ गरेको हो।

ललितपुर, महालक्ष्मी नगरपालिका–१० बस्ने पूर्णबहादुर तामाङलाई भरुवा बन्दुक १ थानसहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी प्रभाग लाकुरी भञ्ज्याङबाट खटिएको प्रहरीले लाकुरी भञ्ज्याङबाट लुभुतर्फ आउँदै गरेका तामाङलाई उक्त बन्दुकसहित फेला पारी पक्राउ गरेको हो।