चार मुलुकमा गैर आवासीय दूत

0
Shares

काठमाडौं, (नेस)।

राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न चार मुलुकका लागि गैर आवासीय राजदूत नियुक्त गर्नुभएको छ। उहाँले क्रमशः फिलिपिन्स, मोनाको, न्यूजिल्याण्ड र इटालीका लागि गैर आवासीय दूत नियुक्त गर्नुभएको हो।

मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डे फिलिपिन्स, फ्रान्सका राजदूत दीपक अधिकारी मोनाको, अष्ट्रेलियाका राजदूत महेशराज दाहाल, न्यूजिल्याण्ड र स्वीट्जरल्याण्डका राजदूत मणिप्रसाद भट्टराईलाई इटालीका लागि गैर आवासीय राजदू्त नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

संविधानको धारा २८२ को उपधारा १ अनुसार मन्त्रिपरिषद्को सिफारिसमा उहाँहरूलाई गैर आवासीय दूत नियुक्त गरिएको कार्यालयले प्रष्ट्याएको छ।