मारवाडी सेवा समितिमा चौधरी

0
Shares

काठमाडौं, (नेस)।

मारवाडी सेवा समिति नेपालको वार्षिक साधारण सभा उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन सत्रमा अध्यक्ष श्रवणकुमार अग्रवालले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नुभएको थियो।

उपाध्यक्ष कमलेश कुमार अग्रवालले नेपालमा स्थायी बसोवास गर्ने सम्पूर्ण आजीवन सदस्यलाई मताधिकार प्राप्त भएको जानकारी गराउनुभएको थियो ।

प्रमुख अतिथि राज्यमन्त्री दुगडले सभाले सबैलाई समेटी संस्थालाई अगाडि बढाउन आग्रह गर्नुभयो। सभाबाट सर्वसम्मत अध्यक्ष पदमा नवनिर्वाचित वसन्तकुमार चौधरीलाई सामाजिक सौहार्दता कायम राख्दै समाजलाई नयाँ दिशा दिन आग्रह गर्दै बधाई दिनुभयो।

नव निर्वाचित अध्यक्ष चौधरीले सबैलाई समेटी विधान सम्मत संस्था सञ्चालन गर्ने बताउनुभयो।