१५ हजार सवारी साधन कारवाहीमा

0
Shares

काठमाडौं, (नेस)।

महानगरीय ट्राफिक प्रहरी महाशाखाद्वारा सडक प्रयोगकर्ता, पैदल यात्री, चालक र सहचालक, स्कुल र कलेजका विद्यार्थीलाई ट्राफिक नियम, सडक अनुशासन र सडक सचेतना अभिवृद्धि गर्न ३ महिने विशेष ट्राफिक उज्यालो अभियान तीव्र बनाएको छ।

सोही क्रममा उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन, सचेतनापश्चात सडक प्रयोगकर्तामा ट्राफिक नियमसम्बन्धी जिम्मेवारी बोध गराउन र कानून कार्यान्वयनका लागि विशेष मोबाइल चेकिङ तथा कारवाही अभियानमार्फत् उपत्यकामा पुसको पहिलो १५ हजार ४ सय ४४ सवारी ट्राफिक प्रहरीको कारबाहीमा परेका छन्।

महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठका अनुसार बुधबारसम्म सबैभन्दा धेरै सार्वजनिक सवारी साधनमा ढोका खुल्ला राखेर चलाउने १ हजार २२ सवारी चालक कारबाहीमा परेका छन्।

त्यस्तै, सडकमा सवारी तथा पैदलयात्रीहरूलाई आवतजावतमा अवरोध हुने गरी पार्किङ गर्ने ९ हजार ५०, हर्न बजाउने ५ हजार, मादकपदार्थ सेवन गरी सवारी चलाउने ७ सय ९०, लेन अनुशासन पालना नगर्ने ७ सय ९९, जथाभावी पिक एण्ड ड्रप गर्ने ६ हजार ७०, एकतर्फी (वान वे) मा चलाउने १ सय ८९, जथाभवी सवारी मोड्ने २ सय २९, बढी भाडा लिने २ सय ४४ ट्याक्सी कारवाही, क्षमताभन्दा बढी यात्रु झुन्डाउने २८, मार्फत् ५ सय २९ सवारी कारवाही, ३ सय १५ वटा ट्रक र ट्रिपर कारवाही, जेब्रा क्रसिङमा सवारी नरोक्ने २ सय ९५, सवारी साधनको अवस्था ठिक नभएको ५ सय ७० सवारी चालकलाई कारवाही गरिएको जानकारीसमेत दिनुभयो।

उनीहरूलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार जरिवाना हुने उहाँले जानकारी दिनुभयो।