प्रहरीको सेट देखाएर ठगी गर्ने पक्राउ


काठमाडौं, (नेस)।

आफूलाई प्रहरी भएको बताउँदै रत्नपार्कका फुटपाथका ब्यापारीसँग घुस माग्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। रत्नपार्कका ब्यापारीसँग आफू घुमुवा प्रहरी भएको भन्दै वाकिटाकी देखाएर रकम असुल गर्दै आएका सिन्धुपाल्चोक लिशंखुपाखर गाउँपालिका–३ घर भएका कुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले उनको साथबाट मोटोरोला कम्पनीको ह्याण्ड सेटसमेत बरामद गरेको छ। उक्त सेट आईसीसी हाइड्रोपावर सोलुखुम्बुको चितवनमा रहेको स्टोरमा सेक्युरिटी गार्डको काम गर्दा आफूले लिई गार्डको काम छाडेपछि उक्त पेशामा लागेको श्रेष्ठले प्रहरीलाई बयान दिएका छन।