मोटरबाटो पुगेपछि गाउँले उत्साहित

0
Shares

पाल्पा, (नेस)।

दूरीको हिसावले गाउँपालिकाको कार्यालयबाट नजिकै रहेको पूर्वी पाल्पाको साठीकोल गाउँमा मोटरबाटो हालै मात्र पुगेको छ। पूर्वखोला गाउँपालिकाको वडा नं. २ साठिकोल गाउँमा मोटरबाटो पुगेपछि स्थानीय उत्साही भएका छन्।

पूर्वखोला गाउँपालिका–२ साठिकोलमा मोटरबाटो पहुज पुगे पछि स्थानीय उत्पादन विक्री गर्न पहुच विस्तारसँगै पर्यटकीय विकास गर्न सकिने स्थानीयको भनाइ छ।

साठिकोलमा आधारभूत तहको शिक्षासँगै विद्युत पुगे पनि मोटरबाटो भने पुगेको थिएन गत वर्ष र अहिले ५०/५० लाख गरेर एक करोडको लागतमा गाउँसम्म मोटरबाटो पुग्न सफल भएको हो।

यो गाउँ गाउपालिकाको केन्द्र रिङ्नेरहबाट हिँडेर उकालो बाटोमा २ घण्टामा यहाँ पुग्न सकिन्छ, गाउँपालिका केन्द्र नजिकै भएपनि यहाँ अहिलेसम्म मोटरबाटोको पहुँच पुगेको थिएन। उहाले अव यहाको विकास अघि वढाउन सजिलो हुने जानकारी दिनुभयो।

गाउँपालिकाबाट २५ लाख र वडा कार्यालय बाट २५ लाख गरी ५० लाख र प्रदेश सरकारबाट ५० लाख गरेर एक करोडबराबरको रकम बिनियोजित गरिएपछि मोटरबाटो सम्पन्न भएको अध्यक्ष सारुले बताउनुभयो।

बाटो निर्माण भएसँगै स्थानीयको कृषि उपजले बजार पाउने, यातायातको पहुँचको वृद्धि हुने भएकाले स्थानीयहरु उत्साहित भएको उपभोक्ता समितिका अध्यक्ष दान बहादुर ठाडाले बताउनुभयो।