माटोको ढिस्कोले पुरिँदा १ को मृत्यु

0
Shares

लमजुङ, (नेस)।

सुन्दरबजार नगरपालिका ६ सुन्दरबजारमा माटोको ढिस्कोले पुिरँदा एक युवकको मृत्यु भएको छ। नमुना टोलमा मिट्ठी गौलीको घर सुरक्षित गर्ने वाल लगाउने क्रममा अचानक माथिबाट पहिरो जाँदा वाल भत्किएर चितवनको लोथर घर भएका २५ बर्षीय संगम चेपाङको मृत्यु भएको प्रहरीले बताएको छ।

बुधबार दिउँसो माटोको ढिस्कोले पुरिएका ६ जनालाई सुन्दरबजारको कर्मदा अस्पतालमा उपचारका लागि लगिएको थियो। उपचारका क्रममा संगमको निधन भएको प्रहरीले बताएको छ।

घाइते हुनेमा चितवनको राप्ती नगरपालिका ३ का ५२ बर्षीय बलबहादुर तामाङ, १८ बर्षीय विष्णु चेपाङ, ४० बर्षीय दिपक चेपाङ र दाङ बस्ने ६० बर्षीय छबिलाल राना, चितवनका ३५ बर्षीय सुरेश प्रजा रहेका छन्। उनीहरुको कर्मदा अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक रविन्द्रमान गुरुङले बताउनुभयो।

घाइतेको प्रहरी र स्थानीयले उद्दार गरेका थिए। उद्दारमा डोजर प्रयोग गरिएको थियो। स्थानीय विष्णुकमार श्रेष्ठका अनुसार घरको वाल लगाउने कार्यमा १३ जना खटिएका थिए। ७ जना पहिले नै बाहिर निस्किएको र ६ जना पुरिन पुगेको उहाँले बताउनुभयो।