पर्यटनको सम्भावना बोकेको देम्बा

0
Shares

लीलाबहादुर सुनुवार, ओखलढुंगा।

ओखलढुंगाको पश्चिम भेगमा रहेको खिजी देम्बा पर्यटन विकासको अधिक संभावना बोकेको गाँउपालिका हो।
नेपाल सरकारले घोषणा गरेको भ्रमण बर्ष २०२० को सय गन्तब्य स्थलको सुचिमा रहेकोे देम्बा डाडा समेत यो गाँउपालिकामा रहेको छ।

देम्बा डाडा पर्यटकिय हिसाबले निक्कै आर्कषक ठाउ रहेको भए पनि उचित ब्यवस्थापन र प्रचार प्रसारको अभाबमा ओझेलमा परेको छ। समुद्रिक सतह देखि ३३५० मिटरको उचाईमा रहेको देम्बा डाडाबाट बिश्वको सर्बाेच्च शिखर सगरमाथा,गौरापर्वत,गौरिसंकर, नुम्बुर लगाएतका हिमाल हरु प्रस्ट रुपमा देख्न सकिन्छ।

यो भेगमा संसारमा लोप हुने अबस्थामा रहेको काडे भ्याकुर लगाएत डाँफे,मुनाल,कालिज जस्ता पंक्षिहरु र मृग,घोरल,बाग,भालु हाब्रे जस्ता जनवारहरु प्रस्सत मात्रामा पाईन्छ।

मनोरम स्थलको रुपमा रहेको देम्बा डाडा बषन्त ऋतुमा बिरुवाहरुमा फेरिएको पालुवा संगै रातो सेतो रंङगमा ढकमक्क फुलेका गुँराशले ढाकिएर बेहुलि झै सिंगारिएको हुन्छ। तेति मात्रै नभएर यो डाडा वरिपरि बिभिन्न थारिका फुल हरु फुलेर याँहाको सौन्दर्यतामा सुनमा सुगन्ध थपे जस्तै गरि थपिरहेका हुन्छन।

पुर्बधार निर्माण, व्यवस्थापन र प्रचार प्रसारमा ध्यान दिने हो भने साइकल रेस र हाईकिङ गर्न नेपाल आउने प्रर्यटकहरु देम्बा डाडामा प्रस्तै मात्रामा भित्र्याउन सकिन्छ।

तेति मात्रै नभएर बिस्वाको सर्बाेच्च शिखर सगरमाथा लगाएत अन्य हिमाल हरु एकै ठाउ बाट हेर्न चाहाने मध्याम खालका पर्यटकहरुका लागी देम्बा डाडा उत्कृष्ट गन्तब्य स्थल हुन सक्छ। हिँउद याममा हिउ परि रहने भएकोले हिउ हेर्न चाहाने तल्लो भेगका नेपाली पर्यटक हरुका लागी झन उपयुत्त स्थान हुन सक्छ देम्बा डाडा।

पुस माघ महिनामा चाँदीले छोपिए झै गरि हिउले पुरिएको हुन्छ यो डाडा। निक्कै अग्लो स्थान भएकोले यो डाडा बाट बिहान सुर्य उदाउदा र बेलुका अस्ताउदा रोमाञ्चक दृष्य समेत देखिन्छ।

समग्र खिजी देम्बामा पर्यटन बिकाशका लागी खिजी देम्बा गाँउपालिकाले संघिय सरकार र अन्य सरोकार वालाहरुको सहयोगमा देम्बा डाडामा भौतिक पुर्बधारहरुको संरचानाहरु निर्माण गरि रहेको छ। जस अन्र्तगत यो डाडामा खानेपानीको लागी १२ सय मिटर तलबाट लिफ्टिङ गरि पुर्याएको छ।

यसै गरि संघिय सरकार अन्तर्गत पर्यटन मन्त्रालय बाट रु ५० लाख अनुदान सहयोगमा भञ्ज्याङ देखि देम्बा डाडा सम्म ट्रायल बाटो ,पर्यटकहरुका लागी आराम गर्ने प्रतिक्षालय र बिभिन्न तिन ठाँउमा शौचालय निर्माण गरिएको खिजी देम्बा गाँउपालिका अध्यक्ष बेद बहादुर रोकाले बताए ।

गाँउपालिका उपध्यक्ष शुसिला तामाङले समग्र खिजी देम्बाको र विषेश गरेर देम्बा डाडामा पर्यटन बिकाशको लागी डि पी आर तयार पारी बाकी रहेका आबश्याक भौतिक पुर्बधार हरु निर्माण गरिने बताए।

यसै गरि खिजी देम्बा ५ का वडा अध्यक्ष एवं आर्थिक विकाश संयोजक राम कुमार सुनुवारले आन्तरिक तथा बाह्य पर्यटक पर्बद्यन लाई मध्यनजरमा राखेर ३६ जना स्थानिय हरुलाई पारिवारीक घरको बास ( होम स्टे) को तालिम दिईएको बताए।

तालिममा सहभागीहरु लाई अतिथी सत्कार गर्ने तरिका र स्थानिय खाना बनाउने तरिका सिकाएको वडा अध्यक्ष सुनुवारले बताए।पर्यटनका लागी प्रचुर सम्भावना रहेको यसै खिजीदेम्बा गाँउपालिकामा हवाई मैदान समेत निर्माण कार्य सम्पन्न भएको छ।

२०६३ साल देखि निर्माण सुरु गरिएको हवाई मैदान १३ बर्ष पछि सम्पन्न भएको हो। निर्माण सम्पन्न गर्ने ठेक्का पाएको पुर्णिमा कन्ट्रस्नले ३ करोड बराबरको लागतमा निर्माण सम्पन्न गरेको हो।

यो हवाई मैदान निर्माण सम्पन्न भए पश्चात खिजी देम्बा गाँउपालीकालाई पर्यटकिय क्षेत्रको रुपमा बिकाश गर्नका लागी महत्वापुर्ण टेवा पुग्ने संभावना रहेको छ।

प्रकृतिक रुपमा मनोरम स्थलहरु रहेको खिजी देम्बा गाँउपालीका पर्यटकिय बिकाशका लागी संभावना बोकेको गाँउपालिका हो। कुल १६ हजार २ सय ८१ जनसंख्या रहेको यस गाँउपालिकामा सुनुवार,तामाङ,शेर्पा, क्षेत्रि र ब्रमण्ह जस्ता जातजातीहरुको बसोबास रहेको छ।