नागढुंगा सुरुङमार्गको काम तीव्र गतिमा

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

बहुचर्चित आयोजनाका रूपमा रहेको नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाअन्तर्गतको निर्माण कार्य तीव्र गतिमा भइरहेको छ। राष्ट्रिय प्राथमिकताको यस आयोजनाको सुरुङ निर्माणबाहेकका संरचना निर्माणको कार्य अघि बढेको हो।

आयोजनाका अनुसार आयोजनाको मुख्य केन्द्रमा रहेको सुरुङ निर्माणबाहेक सुरुङ निर्माणभन्दा बढी संरचनाको निर्माण गर्नुपर्ने हुन्छ। आयोजनाका प्रमुख श्यामप्रसाद खरेलले सुरुङ निर्माणको कामभन्दा अघि अन्य संरचना निर्माण गर्नुपर्ने भएकाले निर्माणको काम थालनी गरिरहेको जानकारी दिनुभयो।

उहाँका अनुसार सुरुङको दुवै मुखमा निर्माण हुने सडक, चेकपोस्ट, सुरक्षा भवनलगायत आधाभन्दा बढी संरचना निर्माण गर्नुपर्ने हुन्छ।

निर्माणको जिम्मा पाएको जापानी ठेकेदार कम्पनीले अहिले सडक खन्ने, सडक चौडा पार्न, साइट क्लियर पार्ने काम, विभिन्न प्रयोजनका लागि आवश्यक पर्ने आयोजनाअन्तर्गतका भवनहरु निर्माणको काम अघि बढिरहेको आयोजनाले जनाएको छ।

अहिले ठेक्केदार कम्पनीले आफू र आफ्नो कामदार बस्ने क्याम्प खडा गरी सुरुङको दुवै मुख पर्ने काठमाडौं र धादिङपट्टि निर्माणको काम गरिरहेको आयोजनाले जनाएको छ। काठमाडौंंको तोतीपाखाआसमास र धादिङको सिस्नेखोला आसपास काम भइरहेको छ।

सुरुङमार्ग निर्माणको ठेक्का पाएको जापानी कम्पनीले कात्तिक १८ गतेदेखि ४२ महिनाभित्र सम्पूर्ण काम सम्पन्न गर्ने कार्ययोजना पेस गर्दै निर्माणको काम गरिसकेको हो।

काठमाडौं उपत्यकाको मुख्य तथा अति व्यस्त नाकाका रूपमा लिइने नागढुंगा नाकामा सवारी आवागमनलाई सहज पार्ने उद्देश्यले अन्तर्राष्ट्रिय स्तरको सुरुङमार्ग निर्माण गर्न यस योजनालाई प्राथमिकताका साथ अघि बढाएको छ।

आयोजनाको मुख्य आकर्षणका रूपमा सुरुङमार्ग रहे पनि त्यसभन्दा अघि भने अन्य संरचनाको निर्माण थालिएको छ। सुरुङ मार्गको निर्माणसँगै आयोजनाभित्र पहुँच मार्ग, पुल, कल्भर्ट, फ्लाई ओभर, अन्डरपास, सुरक्षा, दस्तुरलगायतका भवनजस्ता संरचना निर्माण गर्नुपर्दछ।

नागढुंगा सुरुङ मार्ग निर्माण आयोजनाले सुरुङबाहेकका ५० प्रतिशतभन्दा बढी संरचना निर्माण गर्नुपर्ने भएकाले सुरुङभन्दा अघि निर्माण थालिएको जनाएको छ।

जापान सरकारको सहुलियत ऋण सहयोगमा बन्न लागिएको यस आयोजना निर्माणको ठेक्का जापानी निर्माण कम्पनी हाज्मा आन्दो कर्पाेरेसनले पाएको छ भने आयोजनाको प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरी काम अघि बढिसकेको आयोजनाले जनाएको छ