शैक्षिक भ्रमण जान नपाएपछि क्याम्पस तोडफोड


सरोज यादव, विराटनगर ।

विराटनगरस्थिकालय र एमबिएस संकायको कार्यालयमा क्षति पुगेको छ । आक्रोशित विद्यार्थीहरुले तोडफोडगर्दा पुस्तकालयको मुल ढोका र एमबिएसको कार्यालयमा क्षति पुगेको हो । सो कलेजका एमबिएस संकायका विद्यार्थीलाई शैक्षिक भ्रमणमा लैजान रकम निकासाको बिषयलाई लिएर विवाद भएको हो । कलेजका निमित्त प्रमुख ताराप्रसाद यादवले भ्रमणमा जाने एमबिएसका ५० जना विद्यार्थीका निम्ति मोबाई बैंकिङ सिस्टमबाट ३ लाख ५० हजार रकम निकासा गरिदिएपछि विवाद सृजना भएको हो ।

शैक्षिक भ्रमणकानिम्ति मोबाईल बैंकिङबाट रकम निकासा गरिएपछि दुई महिनादेखि तलब नपाएका त्यहाँ कार्यरत कर्मचारी आक्रोशित भएका थिए । निमित्त प्रमुखले क्याम्पस प्रमुख र लेखा प्रमुखलाई समेत जानकारी नदिई रित विपरीत मोबाईल बैंकिङबाट रकम निकासा गरेको बिषयलाई आफुहरुले बिरोधगर्दा क्याम्पस प्रशासन पक्षले विद्यार्थीलाई उचालेर तोडफोड र आक्रमण गराइएको कलेजका कर्मचारी प्रमोद कामतको दाबी छ ।

निमित्त प्रमुखको आदेशमा कलेजको खाताबाट कलेजमै कार्यरत कर्मचारी अनिल यादवको निजी खातामा मंगलबार दिउसो ३ लाख ५० हजार ट्रान्सफर गरिएको थियो । तर कर्मचारीहरुले विरोध गरेपछि त्यो रकम फेरी कलेजकै खातामा ट्रान्सफर गरिएको छ । सो बिषय तथा कर्मचारीहरुलाई तत्काल तलब उपलब्ध गराउनुपर्ने माग सहित कर्मचारीहरुले मंगलबार दिउसोबाट कलेजको प्रशासनिक कार्यालयहरुमा तालाबन्दी गरेका छन ।

सो बिषयमा प्रतिक्रिया दिदै क्याम्पसका निमित्त प्रमुख यादवले क्याम्पस प्रमुख बाबुराम तिम्सिना गएको पौष २ गतेबाट विदामा बस्नु भएकाले चेक काट्ने कोहि पनि नभएका कारण विद्यार्थीको शैक्षिक भ्रमणका निम्ति बैंक ट्रान्सफरको उपाय निकालिएको दाबी गर्नुभयो । निमित्त प्रमुख यादवले कर्मचारीहरुले बिरोध गरेपछि शुक्रबार शैक्षिक भ्रमणमा जान लागेका विद्यार्थीका निम्ति आफुले निजी प्रयासबाट तत्कालकालागि रकम उपलब्ध गराएको बताउनुभयो ।

सो कलेजमा विभिन्न तहका २ सय ५० जना प्राध्यापक ५३ कर्मचारी र ६ हजार बिद्यार्थी विभिन्न संकायमा अध्ययनरत रहेको जनाइएको छ । संधै विवादमा भइरहने सो क्याम्पसका विद्यार्थीहरुले विभिन्न शैक्षिक सुधारका माग राखी ७ हप्ता अघिबाट नै क्याम्पस प्रमुख तथा लेखा शाखामा गरेको तालाबन्दीलाई निरन्तरता समेत दिंदै आएका छन । अन्तिम समयमा पुगेको विद्यार्थीको परीक्षा फाराम तालाबन्दीको कारण रोकिएको छ । भने अन्य प्रशासनिक कामका साथै विद्यार्थीको पठन पाठनमा समेत असर परेको छ । अन्य समयमा पठन पाठन राम्रै भएपनि तालाबन्दी भईराख्ने गर्दा पढाईमा समेत असर परेको र कोर्स सकिने सम्भावना पनि न्युन रहेको विद्यार्थीको गुनासो छ ।