प्रहरी हुँ भनि सेट देखाई धम्काउने व्यक्ति पक्राउ


न्युज अफ नेपाल, काठमाडौँ ।

मंगलबार राती काठमाण्डौको रत्नपार्कबाट आफुलाई प्रहरी हुँ भनी धम्काउँदै हिड्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक लिशंखुपाखर गाउँपालिका–३ चिप्ले घर भई हाल काठमाडौँ बस्दै आएका ३० वर्षीय कुमार श्रेष्ठ रहेका छन् ।

उनको साथबाट मोटोरोला कम्पनिको ह्याण्ड सेटसमेत नियन्त्रणमा लिएको छ । उक्त सेट आईसिसि हाईड्रोपावर सोलुखुम्बुको चितवनमा रहेको स्टोरमा सेक्युरिटी गार्डको काम गर्दा आफूले लिई गार्डको काम छाडेको भनि बताएको प्रहरीले जनाएको छ । श्रेष्ठले लामो समयदेखि विभिन्न व्यक्तिलाई रत्नपार्क एरीयाको धुमुवा प्रहरी हुँ भन्दै धम्काउँदै आएको प्रहरी जनाएकाे छ ।

उनलाई अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर काठमाण्डौ पठाईएको छ