चिनियाँ नागरिकबाट ७ सय ४७ मोबाइल र ३ सय ३१ ल्यापटप बरामद


न्युज अफ नेपाल, काठमाडौं ।

गत सोमबार पक्राउ परेका १ सय २२ जना चिनियाँ नागरिकबाट ७ सय ४७ मोबाइल र ३ सय ३१ ल्यापटप बरामद गरेको छ । प्रहरीले बुधवार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी ७ सय ४७ मोबाइल र ३३१ ल्यापटप बरामद भएको जानकारी गराएको हो ।

त्यस्तै प्रहरीले ९८ वटा सीपीयू, ९९ मोनिटर, २२ पेनड्राइभ डाइभ र ३ सय २७ सीमकार्ड पनि बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका चिनियाँ नागरिकबाट ६७ राहदानी पनि बराबद गरिएको प्रहरीले जानकारी दिएको छ ।

चिनियाँ अधिकारीको आग्रह र सहयोगमा पक्राउ परेका उनीहरू अहिले प्रहरी हिरासतमै छन् ।