बीस घोडाको निर्मम हत्या

0
Shares

केन्टुकी, (एजेन्सी)।

अमेरिकाको केन्टुकीका प्रहरीले बीसवटा घोडालाई अमानवीय र क्रुर ढंगले मार्ने व्यक्तिहरुको व्यापक खोजी गरिरहेको छ।
ती घोडाहरुले युद्धभूमिमा जस्तै ज्यान गुमाएको दृश्य निकै कारुणिक रहेको छ।

डुमास रेस्क्यु ग्रुपले मारिनेमध्ये केही पेट बोकेका घोडी तथा अन्य एक वर्षको एउटा सानो घोडासमेत रहेको जनाएको छ।प्रहरीले अपराधी पक्राउ गर्न सहयोग गर्नेलाई २० हजार अमेरिकी डलर धनराषि पुरस्कार घोषणा गरेको छ। करिब ३५ वटा घोडाको झुण्ड पूर्वी केन्टुकीको विशाल क्षेत्रमा विचरण गर्ने गरेको थियो।

प्रहरीले तिनीहरुलाई कम क्यालिवरको बन्दुकबाट गोली हानिएको बताएको छ। पहिलोपटक १६ डिसेम्बरमा घोडा मारिएको सूचना प्राप्त भएको थियो। आइतबार पछिल्लोपटक अन्य ६ वटा घोडा मारिएको अवस्थामा फेला परेका हुन्।

फ्लोयड काउन्टी प्रहरी अधिकारी जोह्न हन्टले एउटा घोडालाई मुखमा घाँस चपाउँदै गरेको स्थितिमै मारिएको भेटिएको बताएका छन्।उनले यस प्रकारको निर्मम घटना यसअघि कहिल्यै नभएको पनि बताएका छन्। डुमास रेस्क्युले बाँकी घोडाको खोजी गरिरहेको छ।