नक्कली नेपाली रुपियाँसहित ४ बंगलादेशी पक्राउ

0
Shares

भक्तपुर, (नेस)।

नक्कली नोटको कारोबारमा संलग्न रहेको अभियोगमा ४ जना बंगलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा भक्तपुर लोकन्थली बस्ने बंगलादेशी नागरिक सुमन खान, अलि अहमद, रोबेल मिक्दा र महमद उल्लाहा रहेका छन्।

भक्तपुर थिमी नगरपालिका–१ मा रहेको परिधि गिफ्ट सपबाट गत बिहीबार बेलुका सामान खरिद गरी सुमनले नक्कली नोट २ हजार नेपाली रुपियाँ दिई फरार भएको भन्ने सूचना प्राप्त हुना साथ महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरबाट खटिएको प्रहरी टोलीले सुमन बस्ने गरेको कोठा तलासी गर्दा १ हजार दरको नक्कली नोट १६ थानसहित कूल १८ थान नक्कली नेपाली नोटसहित कोठामासँगै बस्ने ३ जनालाई नियन्त्रणमा लिएको हो।

नक्कली नोट दिई फरार भएका अभियुक्त सुमन खानलाई विशेष सूचनाका आधारमा काठमाडौं पेप्सीकोला टाउनप्लानिङमा लुकिछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो।

उनीहरूलाई उपर भक्तपुर जिल्ला अदालतमा पेश गरी मुद्रासम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरीपरिसर भक्तपुरले जनाएको छ।