प्रहरी प्रवक्तामा थापा

0
Shares

काठमाडौं, (नेस)।

प्रहरी प्रधानकार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको छ।

नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारबाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चार माध्यममा सम्प्रेषण गर्नका लागि प्रहरी नायब महानिरीक्षक थापा क्षेत्रीलाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको उक्त सचिवालयले मंगलबार जनाएको छ।

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक थापा क्षेत्रीलाई मोबाइल नम्बर ९८५१२९२१११ मा सम्पर्क गर्न सकिने प्रहरी प्रधानकार्यालयले जनाएको छ।