एघार प्रतिशत विद्यार्थी अध्ययनको कारण मानसिक समस्यामा


सरस्वती न्यौपाने, रसुवा ।

रसुवाको १० वटा विद्यालयका करिब ४ सय जना विद्यार्थीहरुमा गरिएको अध्ययनले ११ प्रतिशत बालबालिका तथा किशोर किशोरीमा भावनात्मक तथा व्यावहारिक समस्या देखा परेको छ ।

मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र नेपालको अनुसार १० विद्यालयहरुमा श्यामेवाङफेल मा.वि. स्याफ्रुवेशी, रसुवा मा.वि., कालिका हिमालय मा.वि., पार्वतीकुण्ड मा.वि गोल्जुङ, निर्कुभुमे मा.वि. सरमथली, बागेश्वरी मा.वि. भोर्ले, निलकण्ठ नमुना मा.वि. जिवजिवे, निलकण्ठ मा.वि. बोगटिटार, सेती भुमे मा.वि. राम्चे, डाँडागाउँ मा.वि.का विद्यार्थीहरु रहेको अध्ययनले देखाएको छ ।

यस्तै जिवजिवे माविका १ सय ७९ जना विद्यार्थीहरुले मनोसामाजिक भनेको के हो मनोसामाजीक परिस्थिति, यसका सवाल मुद्धा समस्या र सहयोगका तरिका सँगै सेवा के हो भन्ने विषयमा जानकारी लिएका छन् ।