भन्सार कार्यालयमा अब अनलाईनबाटै हाजिर


शुभेन्दर दास, लहान ।

सिरहाको ठाँडी भन्सार कार्यालय डिजिटलमय बन्ने क्रममा छ । बिद्युतिय हाजिर हुँदै आएकोमा पुष महिनाबाट ठाँडी भन्सार कार्यालयमा अनलाईन हाजिर सुरु भएको कार्यालय प्रमुख नरेश साहले जानकारी दिए । कार्यालय प्रमुख साहकाअनुसार सरकारी कार्यालयमा अनलाईन हाजिर सुरु गर्ने कार्यक्रमअन्तर्गत सुचना विभागको सहयोगमा अनलाईन हाजिर सुरु गरिएको हो ।

अनलाईन हाजिर प्रविधीमा कुन कर्मचारी के कामले कहाँ गएको छ भनेर तत्काल अपडेट गर्नु पर्ने सिस्टम पनि अनिवार्य गरिएको छ । जसले गर्दा कार्यालय प्रमुख, सम्बन्धित मन्त्रालय र बिभागलाई आफ्ना कर्मचारीबारे जानकारी लिन सजिलो हुने भन्सार प्रमुख साहले बताए ।

संभवतः सिरहा जिल्लामै पहिलो चोटी हामीले नै अनलाईन हाजिर प्रयोगमा ल्याएको हुन सक्छ, भन्सार प्रमुख साहले भने– ‘अनलाईन हाजिर सुरु भएसँगै आफ्नो कर्मचारी कामको शिलशिलामा कहाँ गएका छन् भनेर जानकारी लिन सजिलो भएको छ ।‘

सिसि क्यामरा पनि जडान
कार्यालयको कामकार्वाही चुस्त र पारदर्शि बनाउनका लागि केही समय अघिबाट यस भन्सार कार्यालयमा ५ थान सिसि क्यामरा पनि जडान गरिएको छ । कार्यालयको सबैजसो कामकार्वाही कम्प्युटर प्रविधीबाट गरिन थालिएको छ । १८ कर्मचारीको दरबन्दि रहेको यस कार्यालयमा हाल १२ जना मात्रै कार्यारत छन् भने आउँदो शुक्रवारबाट एकजना सुब्बा हाजिर हुँदैछन् । २ जना नायव सुब्बाको पद भने रिक्त छ ।

अब सिरहामा दुईओटा मुल भन्सार
छोटी भन्सारबाट २०७५ कार्तिक महिनामा मुल भन्सार कार्यालयमा परिणत भएको ठाँडी भन्सार कार्यालय अन्तर्गत झाँजपटी र बडहरी कचनारी छोटि भन्सार पनि पर्छन् । २०७५ अघि यस जिल्लामा माडरस्थित सिरहा भन्सार कार्यल मात्रै मुल भन्सार कार्यालय थियो । बरियारपटि छोटी भन्सार चाहीँ सिरहा भन्सार कार्यालय अन्तर्गत पर्ने कार्यालय प्रमुख मान बहादुर पौडेलले जानकारी दिए ।