३९ लाखका मोबाइल फेला, सम्बन्धित व्यक्तिलाई जिम्मा


न्युज अफ नेपाल, हेटौंडा ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले विगत १० महिनामा करिब ३८ लाख ५२ हजार मूल्य पर्ने १ सय ५४ थान मोबाइल फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ ।

हेटौंडा–५ बस्ने प्रकाश बानियाँको मंसिर २० गते हराएको सामसङको नोट ९ मोबाइल फेला पारेर प्रहरीले हस्तान्तरण गरेको छ ।

हराएको भनी जिप्रकामा निबेदन प्राप्त भएपश्चात् उपलब्ध स्रोतसाधन प्रयोग गरी खोजतलास तथा अनुसन्धान गर्दा उक्त मोबाइल रौतहटको चन्द्रपुरमा प्रयोग भएको देखिएपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरले प्रहरी जवान विवेक भुसाललाई खटाएर करिब १ लाख ९ हजार रुपियाँ पर्ने उक्त मोबाइल पत्ता लगाएको हो । प्रहरी सफलताको यो पछिल्लो प्रमाण हो ।

सम्बन्धित मोबाइलधनीलाई बुधबार जिल्ला प्रहरी कार्यालय मकवानपुरमा बोलाएर मोबाइल जिम्मा लगाइएको हो ।