गीति एल्बम “समर्पण”काे लोकार्पण


न्युज अफ नेपाल, काठमाडौँ ।
समर्पण ग्रुपद्वारा तयार पारीएको गीति एल्बम “समर्पण” लोकार्पण ग़रिएको छ । आइतबार बेलायतको अल्दर्षटस्थित एम्पाएर हलमा एल्बमको एक समारोहकाबीच लोकार्पण ग़रिएको हो ।

समारोहका प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदुत डा. दुर्गा बहादुर सुबेदी र बिशिष्ठ अतिथि नेपालका बरिष्ठ विमान चालक क्याप्टेन विजय लामाले संयुक्त रुपमा एल्बमको लोकार्पण गर्नुभएको थियो ।

समर्पण गीति एल्बम शिक्षाका लागि समर्पित रहेको गीति एल्बम मात्र नरही एक परियोजना रहेको जानकारी गराउँदै समर्पण टिमका संयोजक सूर्य गुरुंगले अभियानबाट उठेको रकम नेपालका बिभिन्न बिद्यालयहरुमा लगानी गर्ने बताउनुभयो ।

साथै, प्रारम्भिक रुपमा मकवानपुरस्थित देबहित आधारभूत बिद्यालयलाई सहयोग गर्ने योजना रहेको जानकारी समेत गराउनु भयो । समर्पण परियोजनाका संयोजक सुर्य गुरुङको अध्यक्षतामा सम्पन्न लोकार्पण समारोह परियोजनाका सदस्यद्वय कान्ति गुरुङ श्रेष्ठ र विभा गुरुङले संचालन गर्नुभएको थियो ।

समारोहमा प्रमुख अतिथि सुबेदीले बेलायतमा सयौको संख्यामा राजनैतिक, सामाजिक, जातिय तथा धार्मिक संघ संस्थाहरु रहेको रबिबिध कार्यक्रमहरुमा आफ्नो उपस्थिति पनि रहदै आएको भएता पनि सामाजिक एबं शैक्षिक पुण्यका लागि आयोजना गरिएको कार्यक्रममा जोडिने अबसर प्रदान गर्ने आयोजक टिम समर्पणलाइ धन्यबाद एवं आभार प्रकट गर्नुभयो ।

उहाँले भन्नु भयों– ‘सिमलको बिजछरे सिमल उम्रन्छ, सालको बिज छरे सालनै उम्रन्छ’ भने जस्तै नेपाली भने पछि विश्वमा जहाँ रहेपनि नेपाली नै रहिरहने कुरामा जोड दिनु भयो । साथै आफ्नो भाषा संस्कृति परम्परा र पहिचानलाई बचाएर राख्नुपर्ने र आफ्नो परिश्रमको थोरै अंश भएपनि आफ्नो मातृभूमिको लागि छुट्याउन आग्रह गर्नु भयों । यस्तै कार्य गर्न लागि परेका बेलायतमै बसोबास गरिरहेका समर्पण परियोजना टिमको खुलेर प्रशंशा गर्नुकासाथै हौशला प्रदान गर्नुभयो ।

‘समर्पण शिक्षाका लागि’ भन्ने मूल नाराका साथ् सम्पन्न कार्यक्रममा समारोहका मुख्य आकर्षण क्याप्टेन विजय लामाले आफूले चन्द्र र सुर्य अंकित ध्वजाबाहक बिमान उडाएको ३० औ बर्ष पार गरिसकेको र आफु आफ्नो पोशाकको सम्मानका साथै त्यसबाट प्राप्त अनुशासनको कारणले नेपाली भएकोमा गर्व गरेको बताउनु भयों । उहाँले व्यक्तिगत र राजनैतिक स्वार्थ भन्दा माथि उठी नेपाली भएकोमा गर्व गर्न समेत आव्हान गर्नु भयों ।

बेलायत नेपाली गोर्खाहरुको एतिहासिक कर्म थलो रहेको र आफ्नो पुर्खाले कमाएको इज्जत बचाईराख्न र नेपाल आमालाइ सम्झीरहन बेलायत बासीलाई आग्रह समेत गर्नु भयो । आफु पनि समर्पण परियोजना टिमको सदस्य भएकोमा गर्व गर्दै मानवीय सेवाका कार्यमा समर्पित समर्पणका सदस्यहरुलाई धन्यवाद दिनुभयो ।

कार्यक्रममा बेलायतमा सक्रिय संघ संस्थाहरु एन आर एन युके, बुद्ध फाउन्डेसन युके, तमुधि युके, तामांग सोसाइटी अफ युके, एसीएन वोमन असोसिएसन युके, म्हेंदोमाया समाज युके लगायतका संस्थाबाट आमन्त्रित प्रतिनिधि एव्म् पदाधिकारीहरुको सक्रिय सहभागिता रहेको थियो ।