ग्रामर र हिमालयन फाइनलमा

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

ग्रामर र हिमालयन चौथो फिजम कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ सोमबार फाइनलमा प्रवेश गरेका छन्। ग्रामरले जेनिअमलाई १००–५३ ले पराजित गर्यो।

ग्रामरको जितमा आर्यन मल्लले ३७ अंक योगदान गरे। प्रनुपको २२ अंक सहयोगमा हिमालयनले हेब्रोनलाई ५९–३६ ले हरायो।
फिजमद्वारा आयोजित प्रतियोगिताको गल्र्समा ग्रामर र न्यु भिजन उपाधिका लागि भिड्ने छन्।

रञ्जना वाइबाले ९ अंकको योगदान दिँदा ग्रामरले जेनिअमको चुनौती १८–१० ले समाप्त पार्यो। न्यु भिजनले युनिशा बुढाथोकीको ८ अंकको सहायतामा हिमालयनलाई २२–११ ले पाखा लगायो। फाइनल मंगलबार हुनेछ।