ग्यालेक्सी र काष्ठमण्डप क्वार्टरफाइनलमा

0
Shares

काठमाडौं, (नेस)।

ग्यालेक्सी पब्लिक र काष्ठमण्डप दोहोरो जित निकाल्दै जारी आठौं एक्सेल्सियर कपअन्तर्गत यु–१६ ब्वाइज फुटबलमा सोमबार क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

ग्यालेक्सीले एलआरआई र होली भिजनलाई समान ४–१ गोलले हराएको हो। त्यस्तै काष्ठमण्डपले एपेक्स लाइफलाई ४–० गोलले हराउँदा अर्को खेलमा बृहस्पतिलाई ६–१ गोलले पन्छाएको थियो। बृहस्पतिविरुद्ध काष्ठमण्डपका विभवले ह्याट्रिक गरेका थिए।

त्यस्तै बास्केटबलको जुनियर ब्वाइजमा नवजीवनले न्यु अरूणोदयलाई २८–२२ ले पराजित गर्यो। सिनियर ब्वाइजमा आयोजक एक्सेल्सियरले स्वर्णिमलाई ४६–२२ तथा रेडिअन्टले होली भिजनलाई ४४–१२ ले हरायो।

एक्सेल्सियरका साश्वत डंगोलले १७ तथा रेडिअन्टका उपेन्द्र बस्नेतले २१ स्कोर गरे। सिनियर गल्र्समा एभीएमले महामञ्जुश्रीलाई ९–१ ले पन्छायो जसमा एभीएमकी डोल्मा शेर्पाले सबै ९ अंक जोडेकी थिइन्।