पोखराको यात्रा समाप्त

0
Shares

नेपाल समाचारपत्र, पोखरा।

दोश्रो संस्करणको पोखरा प्रिमिएर लिग (पीपीएल) मा डिफेन्डिङ च्याम्पियन पोखरा पल्टनको यात्रा सकिएको छ।सोमबार भएको आफ्नो अन्तिम खेलमा एक्सपर्ट धनगढीसंग ५ विकेटको हार बेहोरेपछि पोखरा बाहिरिएको हो। टस जिटेर ब्याटिङ रोजेको पोखराले १६.३ ओभरमा अल आउट हुँदै ७९ रन मात्र बनाउन सक्यो।

८० रनको विजयी लक्ष्य धनगढीले ९.१ ओभरमा ५ विकेट गुमाउँदै भेट्टाएको थियो। धनगढीको जितमा दिपक पुनियाले सर्वाधिक २५ रन जोडेका थिए। जितको बावजुद धनगढीको पनि प्लेअफ यात्रा टुंगिएको छ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराका लागि आसिफ शेखले सर्वा्धिक ३२ रन बनाए। अरूको प्रदर्शन उल्लेख्य रहेन। कप्तान शरद भेष्वाकर ४ रन र विनोद भण्डारी १२ रनमा आउट हुनु नै पोखराको ब्याटिङ धर्मराउन पुगेको थियो। धनगढीका लागि अनिल खरेलले सर्वा्धिक ३ विकेट लिए।